जन्म दिनमा नारी सञ्चारको अक्षयकोषलाई सहयोग
Published:
by .विर्तामोड । धेरै मानिसहरु जन्मदिनमा केक काट्ने, महङ्गा–महङ्गा होटल र रेष्टुरेन्टमा गएर भड्किलो पाराले मनाउने गरेका उदाहरणहरु प्रशस्तै छन् ।
यही समाजमा जन्मदिनलाई रचनात्मक तथा सिर्जनात्मक काममा लगाउनुपर्छ भन्नेहरु पनि छन् । यसै क्रममा साथीभाईलाई बोलाएर गर्ने खर्चलाई सहयोगमा बदलेर सञ्चारकर्मी कृपा गुरागाँईले आफ्नो जन्मदिन मनाएकी छिन् ।
कनकाई नगरपालिका निवासी कृपाले नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग गरेर जन्मदिन मनाएकी हुन् ।
मंगलबार विहानै विर्तामोड आइपुगेकी कृपाले आफ्नो जन्मदिन पारेर सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, कोषका संयोजक रेजिना गौतमलाई अक्षयकोषका लागि पाँचहजार पाँचसय ५५ रुपैयाँ प्रदान गरेकी हुन् ।
फजुल खर्च गर्न नरुचाउने कृपाले वर्षेनी आफ्नो जन्मदिनमा गर्ने खर्च केही न केही सामाजिक काममा लगाउँदै आएको पत्रकार नविना कुईंकेलले बताइन् । सो अवसरमा सञ्चार गृहका अध्यक्ष शिवाकोटीले कृपाको कामले अरुलाई पनि फजुल खर्च नगर्न तथा सधैं रचनात्मक र कल्याणकारी काममा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Comments