मङ्गलबार तीन सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि
Published:
by .विराटनगर । मङ्गलबार देशभर तीन सय ४८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको छ ।
आज थप चार सय ४१ सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेको छ । हाल तीन हजार सात सय ६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप चार जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ६९ पुगेको छ ।
Comments