छोरो ह्विलचियरमा, श्रीमान ओछ्यानमा, समस्यामा मिठुमायाको परिवार
Published: (Updated: )
by .झापा । हँस्दै खेल्दै जवान भएको छोरो एकाएक ह्विलचियरमा पुगे, श्रीमान हाई ब्लड प्रेसरका कारण एक पाटो नचलेर ओछ्यानमा छन । एउटी महिलाको ज्याला मजदुरीमा परिवारको प्राण अल्झेको छ । यो कहानीजस्तो लाग्ने घटना हो मोरङ जिल्लाको उर्लावारी नगरपालिका वडा नं. ४ चौवाटो चोक स्थित मिठुमायाँ (अधिकारी) भण्डारीको हो ।
२०५१ फाल्गुण २६ गते चौवाटो चोकका सन्तोष कुमार भण्डारीसँग वैवाहिक वन्धनमा वाँधिएकी मिठुमायाँको पहिलो सन्तानका रुपमा २०५३ असोज २ गते छोरा सन्दिप भण्डारीको जन्म भयो । परिवारमा खुसीयालीनै थियो छोरा विस्तारै वढ्दै गए, विद्यालय भर्ना भई पढाई अगाडी वढाईरहेका थिए । पढाइमा पनि अब्बल सन्दिप जव कक्षा १० मा पढ्दैगर्दा एक्कासी ज्वरो आएर कम्जोरी वने । कक्षा १० उत्रिण गरेका सन्दिपले कक्षा ११ को पढाई सुरु गरे । एकातिर पढाई चलिरहेको थियो अर्कातिर सन्दिप विस्तारै विस्तारै आफु केहि कम्जोर भएको महसुस गर्न थाले, हिँड्दा पनि ब्यालेन्स नहुँने, मदिरा सेवन गरेको मान्छे जस्तो हुत्तिने संकेद देखिए सँगै उनि क्रमस हलनचलको अवस्थामा पुगे ।
आमा र बुबाको प्रयासमा विभिन्न हस्पिटलमा उपचार गराएर फर्किएका सन्दिप केहि समय फेरी कलेज गए तर विस्तारै विस्तारै उनि पहिलेकै स्थिती अर्थात सरिर नचल्ने अवस्था ह्विलचियरवाट अर्काको सहारामा भित्र वाहिर गर्नुपर्ने अवस्थामा पुगे ।
बुबा सन्तोस भण्डारीले छोरालाई वाहिर भित्र गराउँदै घरमै सके सम्मको थेरापी गराउदै थिए । छोराको सारिरिक अवस्था नाजुक वनेपछी चिन्तित वनेको परिवारमा एक्कासी अर्को वज्रपात भयो । एक दिन पथरी वाट वाईकमा घर फर्कने क्रममा वाटोमै दुर्घटनामा परेका सन्तोसलाई काठमाण्डौको टिचिङमा उपचारकालागी लगिएको थियो । उपचारमा लगिएको २८ दिन पछि होसमा आएका सन्तोसको अन्तत सरिरको दाहिने पाटो नचल्ने सँगै वोलि पनि प्रष्ठ नहुने विछिप्त आस्थामा पुगे ।
नेपाल आर्मीको जागिर छाडेर विदेस गएका बुबाले कमाएको सवै पैसा पनि सकियो अहिले के खाने भरे के खाने भन्ने अवस्थामा छौँ छोरा सन्दिपले रुदै सुनाए । बुबालाई एक पटक सामाजिक अभियान्तहरुको पहलमा सहयोग जुटाएर उपचारको प्रयास त भयो तर संभव नभएपछी घरमै हुनुहुन्छ उनले सुनाए । उनि भन्छन मैले राम्रो उपचार पाएँ भने मेरो परिवार म एक्लै हेर्ने थिएँ । मेरो उर्जावान समय ह्विलचियरमै वित्दैछ । कहिँ वाट सहयोग जुट्न सके मेरो उपचार संभव हुने थियो ।
वास्तवमा सन्दिपलाई घाँटिको पछाडीपट्टिको नसामा समस्या रहेको डक्टरको भनाई उद्रित गर्दै आमा मिठुमायाँले सुनाईन । उनि भन्छिन श्रीमानको त उपचार संभव छैन छोराको चाहिँ उपचार संभव भए पनि पैसाको अभावकाकारण रोई रोई दिनहरु कटाइरहेकी छु । भान्सामा खाने कुरापनि छैन अलिकती चामल भएको वोरा देखाउँदै उनले भनिन विरामीलाई पुगेर रहेको मात्र हामी खान्छौँ ।
मिठुमायाँको परिवारमा एक छोरी पनि छिन कलेज पठ्दै दैनिक ज्यालामा एउटा सानो विद्यालयमा काम गर्छिन । उनको कमाईले आफ्नो पढाइ खर्च समेत धान्न मुस्किल छ मिठुमायाँले सुनाइन ।
परिवारमा कमाउने मान्छे नहुँदा यतिवेला मिठुमायाँको परिवारमा ग्रहण लागेझैँ भएको छ । घरको एउटा कोठामा पकाउने, खाने र सुत्ने अवस्थामा मिठुमायाँ कष्टपूर्ण जिवन विताउन वाध्य छिन । मनकारी मनहरुको खाँचो यतिवेला मिठुमायाँलाई परेको छ । सामाजिक अभियान्ताहरको सहयोग जुट्न सके मिठुमायाँको जिवनले नयाँमोड लिने थियो ।
Comments