Sajhamanch Archive

शिवसताक्षीका ज्येष्ठ नागरिकलाई गोपाल गौरीद्वारा न्यानो कपडा वितरण

Published: in समाज by .

शिवसताक्षी । झापा शिवसतासक्षीमा रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले एक कार्यक्रमका बीच शिवसताक्षी ११ का १० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

शिवसताक्षी ११ का अति विपन्न परिवारका ज्येष्ठ नागरिकलाई सुटर तथा ज्याकेट शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले हस्तान्तरण गरेकी थिइन् । उनले एक महिलाबाट सञ्चालित गोपाल गौरी दिगो विकास प्रतिष्ठानले कपडा अभावले जाडोमा कष्टकर जीवन यापन गरिरहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकप्रति गर्नु भएको सम्मानलाई प्रशंसनीय भएको बताइन् । शिवसताक्षी रहेको लायन्स क्लब, सतासीधाम जेसीज लगायतका सामाजिक संघ संस्थाहरुले समुदायप्रति पु¥याएको योगदान साँच्चै प्रशंसनीय छ उनले भनिन् ।

कार्यक्रममा ज्येष्ठ पुरुषलाई ज्याकेट र ज्येष्ठ महिलालाई सुइटर वितरण गरिएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन् । कार्यक्रममा वडा नं.११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, लायन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *