Sajhamanch Archive

स्वस्तिकाले गराइन् झण्डोत्तोलन र उद्घोषण तालिम

Published: in समाज by .

बिर्तामोड । वीरता लेडी जेसीजका नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्यले आज आफ्नो कार्यालयमा झण्डोत्तलन गराएकी छन् । कार्यालयमा झण्डोत्तोलन गरेर कार्यकाल प्रारम्भ गर्ने जेसीजको परम्परा अनुसार उनले कार्यालयमा राष्ट्रिय झण्डा र जेसीज झण्डा झण्डोत्तोलन गराएकी हुन् ।

संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले झण्डोत्तलन गरेकी हुन् । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष पार्वता खरेल बिमली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव हिमा मिश्र पौड्यालले र संयोजन रोजिना पाण्डेले गरेका थिए ।

आज नै वीरता लेडी जेसीजले उद्घोषण तालिम सम्पन्न गरेको छ । जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध महिलासहित ४० जना सहभागी थिए । तालिमको उद्घाटन संस्थापक अध्यक्ष शारदा रिजालले गरेकी थिइन् भने । तालिमको सहजीकरण पत्रकार तथा साहित्यकार लीला अनमोलले गरेकी थिइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *