झापाका सबै १३१ वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
Published:
by .झापा । वर्तमान सरकारले सरकारले गरेको संसद विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको पुष १९ को निर्देशन र नेपाली कांग्रेस झापाको पुस २१ गतेको निर्णय अनुसार झापाका १५ वटै पालिकाका १३१ वटै वडामा विरोध प्रदर्शन सम्पन्न भएको जनाइएको छ ।
विभिन्न नारा अंकित प्लेकार्ड , कालो ब्यानर, कालो झण्डासहित झापाका सबै ज्ञ३१ वटै वडामा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको नेपाली कांग्रेसको दावी छ ।
विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय एवम् प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ तथा नगर सभापतिहरुले नेतृत्व गरी विरोध सभा सम्पन्न भएको हो ।
विरोधसभाका अधिकांश वक्ताहरुले प्रधानमन्त्री केपी ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरी संसद विगठन गरेको आरोप लगाउँदै असंवैधानिक कदमका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
संविधानको धारा ७६ मा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने, विश्वासको मत प्राप्त नगरेको अवस्थामा बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउने, बहुमतीय प्रक्रियाबाट पनि सरकार गठन हुन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने ब्यवस्था रहेको कानूनविदहरुको भनाई उधृत गर्दै वक्ताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।
Comments