Sajhamanch Archive

हेल्पिङ ह्याण्ड्सको संयोजनमा सुकुम्बासी बस्तीमा कपडा वितरण

Published: in समाज by .

भद्रपुर । चन्द्रगढी स्थित हेल्पिङ ह्याण्ड्स र वीरेन्द्र नमूना क्याम्पसका विद्यार्थी गुडस्तर समूहको संयुक्त आयोजनामा भद्रपुर १० स्थित सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण गरिएको छ ।

भद्रपुर १० स्थित कलवलगुरीमा रहेका ५० घर सुकुम्बासी परिवारलाई जाडोबाट बचाउन सो समूहले न्यानो कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रम वीरेन्द्र क्याम्पसका प्रमुख विवेक पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेल्पिङ ह्याण्ड्सस संस्थापक कमल न्यौपाने ह्याण्ड्स भद्रपुर संयोजक सुवास सुवेदी, वीरेन्द्र क्याम्पसका प्राध्यापक जुनेस राउत, गायक तथा संगीतकार अर्जुन खरेल, भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *