झापा कारागारबाट ७० वर्षीय बृद्धा जेल मुक्त, समाजसेवी थोप्राले तिरिदिए जरिवाना रकम
Published: (Updated: )
by .शिवसताक्षी । झापा जिल्ला कारागारमा जेल सजाय भोगी रहेकी ७० वर्षीय बृद्धा जेल मुक्त भएकी छिन् ।
लागु औषध ओसार पसारको आरोपमा गएको दुई वर्षदेखि जेल सजाय भोगी रहेकी लीलामाया निरौला जेल मुक्त भएकी हुन् । गएको दुई वर्ष अघि लागुऔषध कारोबारको आरोपमा प्रहरील पक्राउ गरी जेल सजाय भोगी रहेकी थिइन् ।
दुई वर्षको जेल सजाय सकिए पनि १ लाख हजार जरिवाना तीर्न नसक्दा थप ४ महिना उनी जेलबाट निस्कन सकेकी थिइनन् । झापा शिवसताक्षी ९ दूधे निवासी सन्तोष थोप्राले उनको जरिवाना रकम तिरिदिएपछि उनी अहिले जेलबाट निस्किएकी हुन् । १ लाख जरिवानामा ४ महिना थप जेलमा बसेपछि हाल ७० हजार तिर्नु पर्ने रहेछ थोप्राले भने, त्यसको २५ प्रतिशत आफुले र अन्य रकम सहयोग जुटेपछि बृद्धालाई उद्धार गरेका हुँ । थोप्राका अनुसार बृद्धाको इच्छामा उनको कान्छी छोरीको संरक्षणमा राखिएको छ ।
त्यसैगरी झापा जेलमा सजाय भोगी रहेका ८० जना बृद्ध बद्धालाई न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा चिसो भुइमा सजाय भोगी रहेका बृद्धा बृद्धालाई ओढ्नाका लागि व्ल्याङकेट वितरण गरिएको हो । विभिन्न समयमा जेल सजाय भोगीरहेका बृद्धाका अवस्था नाजुक देखेपछि १ लाख २० हजार बराबरको न्यानो कपडा वितरण गरिएको सन्तोष थोप्राले जानकारी दिए ।
हाल झापा जेलमा विभिन्न आरोपमा जेल ११ सय ८० पुरुष ७१ महिलाले जेल सजाय भोगी रहेका छन् । जसमा अधिकांश बृद्ध बृद्धा रहेको बताइएको छ । झापा कारागारमा अधिकांश कैदीहरु सजाय भोगी सकेर पनि आर्थिक अभावका कारण न्यून जरिवाना रकम तीर्न नसक्दा उनीहरु थप समय पनि जेल मै बस्न बाध्य छन् ।
Comments