स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण
Published:
by .भद्रपुर । नेपाल स्काउट झापा जिल्ला अन्तर्गत झापा रोभर रेञ्जर ओपन स्काउट क्रयूले ५० औ स्थापना दिवसको उपलक्ष्यमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्रयूले भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
झापा रोभर रेञ्जर ओपन स्काउट क्रयूको रोभर लिडर गगनलाल राजभण्डारीे तथा प्रमुख अतिथि पूर्व रोभर स्काउटर सीताराम पोखरेल रहेका थिए । विशेष अतिथि श्री कलवलगुरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिका गुरागाई न्यौपाने रहेको कार्यक्रममा अथितिहरु प्रधानअध्यापक कल्पना नेपाल, पूर्व रोभर स्काउट अरुण बस्नेत, पूर्व रोभर स्काउट रमेश लुइटेल, पूर्व रोभर स्काउट सावीत्रा पराजुली, क्रयूको रेञ्जर लिडर रिना राजभण्डारी तथा शिक्षक लगायत विद्यार्थीहरु तथा रोभर रेञ्जरहरुको उपस्थितमा संचालित कार्यक्रमको स्वागत मन्तव्य क्रयूको रेञ्जर लिडर रिना राजभण्डारीले गर्नुभएको उक्त कार्यक्रम सिनियर टिम मेट विवेक चौलागाईले संचालन गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुलाई यस क्रयूका रोभर रेञ्जरले साप्ताहिक रुपमा उठाउने शुल्क साथै पूर्व रोभरररेञ्जर स्काउटले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराई रू १५हजार मूल्य बराबरका शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
Comments