Sajhamanch Archive

पेशागत आन्दोलनका अगुवा भीम नेपालको निधन

Published: in राजनीति, समाज by .

मेचीनगर । दोस्रो जनआन्दोलन २०६२/०६३ का बेला चन्द्रगढीमा भएको सबैभन्दा ठूलो जनप्रदर्शनमा साहसिक भूमिका निर्वाह गर्नुभएका लोकतान्त्रिक योद्धा भीम नेपालको निधन भएको छ ।

प्यारालाइसिसबाट लामो समयदेखि ग्रसित उनको ६२ वर्षको उमेरमा मेचीनगर–१० धुलाबारीस्थित निजी निवासमा शनिबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान सदैव सम्झिरहन लायक रहेको बताइन्छ ।

सात वर्ष अघि कृषि विकास बैंक धुलाबारीको अधिकृत पदमा कार्यरत रहँदा उनलाई प्यारालाइसिस भएको थियो । तत्कालीन नेकपा एमालेको क्षेत्रीय कमिटीमा आवद्ध उनी कर्मचारी संगठनको विभिन्न नेतृत्वदायी पदमा कार्यरत रहिसकेका थिए ।

उनको पत्नी लेखा नेपाल, एक छोरा फिरोन नेपाल र एक छोरी बिनिता नेपाल छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा उनी त्यसबेला लेखा समितिका संयोजक थिए ।

लोकतान्त्रिक आन्दोलन एवम् पेसागत आन्दोलनका योध्दा, पेसागत महासंघ झापाका पूर्व अध्यक्ष भीमबहादुर नेपाल हामी बीच रहनु भएन भन्ने सूचनाले आफू मर्माहत भएको पेशागत महासंघ प्रदेश १ का अध्यक्ष देवराज कार्कीले फेसबुकमा लेखेका छन् । उनीप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै अध्यक्ष कार्कीले परिवारजनमा समवेदना अर्पण गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार आज दिउँसो ११ बजे स्थानीय निन्दा नदीमा अन्त्येष्टि गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *