Sajhamanch Archive

झापा नाटकघरका लागि सहयोग जुट्दै

Published: in समाज by .

बिर्तामोड । झापाको बिर्तामोड–१ देवीपञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सह संयोजक कुमार भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष दिपेन्द्र राउतले झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई उक्त रकम प्रदान गरेका थिए ।

सोही कार्यक्रममा तत्कालीन गोलघाप गाविसका अध्यक्ष तथा सामाजिक अभियन्ता बिर्तामोड निवासी नारायण पोखरेलले ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई पोखरेलले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष दिपेन्द्र राउतले क्षितिज नाट्य समूहले अगुवाई गरेर सरकारले समेत बनाउन नसकेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरेको भन्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आफूले उक्त रकम प्रदान गरेको बताए ।

त्यस्तै सामाजिक अभियन्ता नारायण पोखरेलले बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूले रकम प्रदान गरेको बताए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूहका केन्द्रीय अधयक्ष तथा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *