Sajhamanch Archive

कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in समाज by .

कमल । कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

झापाको कमल गाउँपालिकामा ५ स्थित होटल रोडस्टार एण्ड पार्टी प्यालेस आइतबार साँझ एक कार्यक्रमका बीच पदहस्तान्तरण सम्पन्न गरेको हो ।

नेपाल जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी अरुणेश्वर खनालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा बोल्दै खनाले जेसीजमा लागेका युवालाई तालिम प्रदान गर्ने उद्देश्यले क्षेत्रिय तालिम प्रतिष्ठान स्थापना गरिने नेपाल जेसीजको लक्षय रहेको बताए ।

उनले जेसीजबाट प्राप्तहुने अवसर अन्तरगत व्यवसायको सुरुवात , व्यवसाययिक सम्बन्ध, समुदायप्रति जेसीजको भुमिका र अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न आवश्यक भएकोले सम्पुर्ण जेसीज सदस्य त्यस तर्फ लाग्न आवश्यक रहेको बताए । देश भरमा रहेका १ सय ६१ वटा शाखालाई आत्मनिर्भर बनाउनका लागी विभिन्न कार्यक्रम सन्चालन गरिने समेत उनले जानकारी दिए ।

कमल नगर जेसीजले सामाजिक उत्तरदायित्व बहन गर्दै विपदका समयमा समेत उल्लेख्य काम गरेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले भनिन्, कतिपय युवाहरु लागु औषधको कुलतमा फसिरहेको अवस्थामा जेसीजमा लागेर थुप्रै युवाहरुले समाज रुपान्तरणका लागी काम गरेको छ । जसले समाज रुपान्तरणमा सहयोग पुगेकोे छ ।

त्यसैगरी कार्यक्रममा नेपाल जेसीज वर्ष २१ मा कार्यकारिणी उपाध्यक्ष जेसी अरुण कुमार दाहाल, वर्ष १७ का अध्यक्ष जेसी प्रकास प्रसाद अधिकारी दमक जेसी वर्ष २० का अध्यक्ष जेसी कमल कटुवाल लगायले कमल नगर जेसीजले गरेका कामको पशंसाा गर्दै नव निर्वाचित सदस्यलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

कमल नगर जेसीज वर्ष २० का अध्यक्ष जेसी हेम दाहालको अध्यक्षमा भएको कार्यक्रमलाई महासचिव गोपाल खनाले सन्चालन गरेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *