दिपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2021/01/143012362_261063152108694_9173501435362050826_n.jpg)
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित दिपेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा बितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच बिद्यालयका २५ जना बिद्यार्थीहरुलाई शिवसताष्ँी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल र गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले संयुक्त रुपमा स्वीटर टोपी बितरण गरेका हुन् ।
गोपाल गौरी दिगो बिकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमकी हजुरआमा हिरण्य पोखरेलको १३ औं पुन्यतिथीको अवसरमा न्यानो कपडा बितरण गरिएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानले जनाएको छ । जाडो मौसममा चिसोका कारण बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएकोे प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले बताइन् ।
यस अघि पनि प्रतिष्ठानले शिवसताक्षी ११ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उप प्रमुख भोजकुमारी नेपाल, सतासीधाम जेसीज बर्ष २०२० का अध्यक्ष कुमारसिंह सावा लगायतको सहभागीता रहेको थियो
Comments