शिवसताक्षीको दूधेमा प्रतिगमन विरुद्ध राँके जुलुस
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधेमा विहीबार साँझ राँके जुलुस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवसताक्षीको आयोजनामा प्रतिगमन विरुद्ध गरिएको राँके जुलुस बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो ।
कोण सभा सम्बोधनका क्रममा कम्प्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य निलमणि बरालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कत्लेआम गरेको आरोप लगाएका छन् ।
उनले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना बोकेर जनतासमक्ष कम्युनिष्टहरुले काम गरिरहेको बेला प्रधानमन्त्री ओलीले तानाशाही र स्वैच्छिक ढङ्गले देशको संविधान नै मिचेर देशलाई भड्कालोमा हालेको बताएका छन् ।
त्यस्तै, कार्यक्रममा झापा क्षेत्र नं. ४ क का प्रदेश सांसद झलकसिंह दर्लामी मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कु विरुद्धमा चुप लागेर नबस्ने जिकिर गरेका छन् । उनले जनताको मनोकांक्षाको विपरित गएर प्रधानमन्त्री ओलीले जनताले पाँच वर्षका लागि दिएको मतका अपमान गरेको बताए । ।
कार्यक्रमा प्रतिगमन विरुद्धको संघर्ष समितिका संयोजक भोजकुमारी नेपाल, नबिन इजम, महेन्द्र भट्टराई, एनपी लामिछाने लगायतको उपस्थित रहेको थियो ।
Comments