शहीद दिवसमा वीरता जेसीजले गर्यो शहीद परिवारलाई सम्मान
Published:
by .बिर्तामोड । वीरता जेसीजले शहीद परिवारलाई सम्मान शहीद दिवस मनाएको छ ।
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइए पनि वीरता जेसीजले भने शहीद परिवारलाई सम्मान गरेको हो ।
वीरता जेसीजले २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा झापाको चन्द्रगढीमा सेनाको गोली लागेर शहीद भएका सुरज विश्वासकी माता मिना विश्वासलाई सम्मान गरेर यस वर्षको शहीद दिवस मनाएको हो ।
वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र पूर्व अध्यक्ष एकराज गिरी लगायतले भद्रपुर नगरपालिका –६ स्थित शहीद सुरज विश्वासको घरमै पुगेर शहीद सुरज विश्वासकी माता मिना विश्वासलाई ११ हजार १५ रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै वीरता जेसिजका पदाधिकारीले भद्रपुरमै रहेको शहीद सुरज विश्वासको अर्धकदको शालिकमा माल्यार्पण समेत गरेका थिए ।
प्रत्येक वर्ष माघ १६ गते हुने शहीद दिवसको औपचारिक कार्यक्रममा मात्र शहीदलाई सम्झिएर शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता व्यक्त गरेपनि त्यो औपचारिकतामा सिमित भएकाले आफूहरुले वास्तवीक शहीदको पहिचान गरी शहीदपरिवारलाई सम्मान गरेर शहीद दिवस मनाएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष एकराज गिरी , सह सचिव केशव भट्टराईलगायतले शहीद दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम भन्दा वीरता जेसीजले शहीद परिवारलाई सम्मान गरेर शहीद दिवस मनाएकोमा वीरता जेसीजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष विकास वस्नेत , उपाध्यक्ष कृष्ण अग्रवाल, अमरजीत शाह, कोषाध्यक्ष दिवाकर प्रसाईं, जनसम्पर्क अधिकारी अनन्तलाल महतो, संयुक्त सचिव टिकाराम खतिवडा, कानुनी सल्लाहकार प्रविण खड्का, स्वास्थ्य संयोजक जीवन खड्का, खेल संयोजक दिपेन धिमाल, अवार्ड संयोजक सञ्जय राजवंशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेको सञ्चार संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।
Comments