Sajhamanch Archive

भद्रपुर जेसीजको पद हस्तान्तरण सम्पन्न

Published: in समाज by .

माघ । सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षको पदभार खिलनाथ पाण्डे निकाशले लिएका छन् । सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेलले नव निर्वाचित अध्यक्ष पाण्डेलाई पदीय दायित्व हस्तान्तरण गरेपछि पदभार लिएका हुन् ।

नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन प्रसाईको प्रमुख आतिथ्य तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको विशेष आतिथयमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरका सचिव समेत रहेका पाण्डे सामाजिक अभियानका लागि भद्रपुर जेसीजको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

विभिन्न सामाजिक संघ संस्थामा आबद्ध पाण्डेले भद्रपुरको समृद्धिका लागि युवा शक्तिको सोच परिचालन अपरिहार्य रहेको धारणा राख्दै समाज सेवामा भद्रपुर जेसीजलाई कृयाशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी भद्रपुर जेसीजको २ कार्यकारी उपाध्यक्षका लागि रमेश कार्की, आरिफ अली निर्वाचनबाट विजयी भएका थिए भने ४ उपाध्यक्षमा रविन कार्की, शैलेस श्रेष्ठ, एकराज भट्टराई र अभिषेक प्रधान विजयी भएका थिए । त्यसैगरी अध्यक्ष पाण्डेले महासचिवमा मनोज भट्टराई, कानुनी सल्लाहकारमा दिपक पाण्डे, शिक्षा संयोजकमा शेखर बुढाथोकी, प्राविधिक संयोजकमा प्रकाश भट्टराईलाई मनोनयन गरेर पदीय जिम्मेवारी बााडेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *