Sajhamanch Archive

गुहेश्वरी आधारभूतका विद्यार्थीलाई छात्रवृत्ति वितरण

Published: (Updated: ) in समाज by .

कमल । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत बिद्यालयले एक कार्यक्रमका बीच विद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विक्रम सम्वत २०६९ सालमा स्थापना भएको बिद्यालयले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट हरेक बर्ष विद्यालय अध्ययनरत कक्षा १ देखि ८ सम्मका प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएकोे छ ।

कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई क्रमश एक हजार , सात सय र पाँचसय रुपैयाका दरले तथा बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई जनही पाँचसय रुपैया गरी जम्मा ३२ जना बिद्यार्थीहरुलाई प्रमुख अथिति कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले छात्रवृत्ति प्रदान गरेका विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद खनालले जानकारी दिए ।

यसैबीच सोही विद्यालयमा अध्ययनरत दुई जना अनाथ वालवालिकालाई दमक उद्योग बाणिज्य सघका कार्य समिति सदस्य लक्की श्रेष्ठले अभिभावकत्व ग्रहण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *