नेकपाको झापा जिल्ला कमिटी तीन गुणा विस्तार
Published:
by .बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटी ६०१ सदस्यीय बनाइएको छ । आज बिर्तामोडमा आयोजित जिल्ला कमिटीको चौथो पूर्ण बैठकबाट सदस्यहरु थप गरी कमिटी विस्तार गरिएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पछि झापा जिल्ला कमिटी १७७ सदस्यीय बनाइएको थियो । आज सोही जिल्ला कमिटीमा सदस्यहरु थप गरेर ६०१ जनाको कमिटी बनाइएको जिल्ला अध्यक्ष चिन्तन पाठकले घोषणा गरेका थिए ।
चौथो बैठकबाट थप भएका जिल्ला सदस्यहरुलाई प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सपथ खुवाएका छन् । यसैगरी जिल्लाका अगुवा नेताहरुलाई प्रदेश सदस्यको लागि सिफारिससमेत गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
बैठकमा प्रदेश सांसद गोपाल बुढाथोकी, जसमाया गजमेर, मनकुमार गौतम, प्रदेश अध्यक्ष घिमिरे, संविधानसभा सदस्य दिपक कार्की लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेम गिरीले गरेका थिए ।
Comments