देशैभर भूमि समस्या समाधान आयोग गठन, झापाको अध्यक्षमा प्रेम गिरी नियुक्त
Published:
by .झापा । नेपाल सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समितिहरु गठन गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् ।
सोही बमोजिम आयोगको झापा अध्यक्षमा तात्कालिन संविधानसभा सदस्य प्रेम गिरीलाई नियुक्ति गरेको छ । सदस्यमा राधाकृष्ण खनाल र मदन अधिकारीलाई नियुक्त गरेको जनाइएको छ ।
आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् ।
आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिएका छन् ।
Comments