Sajhamanch Archive

जुनकिरीका विद्यार्थीलाई न्यानो टोपी र खाद्यन्न वितरण

Published: in समाज by .

बिर्तामोड । वीरता जेसीजले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् कारागारमा रहेका कैदीबन्दीका छोराछोरी, असहाय र विपन्न विद्यार्थीलाई खाद्यान्न र न्यानो टोपी वितरण गरेको छ ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् उनीहरुलाई वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काका छोरा जीसल खड्काको जन्मदिनको अवसर पारेर वीरता जेसीजले खाद्यान्न र न्यानो टोपी प्रदान गरेको हो ।

उक्त बिद्यालयमा विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका कैदीबन्दीका छोराछोरी , असहाय वालवालिका , दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरीहरु अध्ययन गर्ने र उनीहरुलाई खाद्यान्न र न्यानो कपडाको अभाव भएकाले बिद्यालयको अनुरोधमा वीरता जेसीजले उक्त सामग्री प्रदान गरेको अध्यक्ष राजीव धिमालले बताए ।

कार्यक्रममा बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई विद्यालयमै आएर सामाग्री प्रदान गरेकोमा जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयका प्रधानाध्यापक रञ्जित परियारले वीरता जेसीजको गुन कहिल्यै नविर्सने बताए ।

कार्यक्रममा सहभागी शिक्षासेवी तथा साहित्य चौतारी झापाका अध्यक्ष हस्त बहादुर परियार, गायक तथा सामाजिक अभियन्ता गणेश ढुंगाना लगायतले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।

वीरता जेसीजका कोषाध्यक्ष दिवाकर प्रसाईंले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *