Sajhamanch Archive

चन्द्रगढी सेवा समाजले स्थापना दिवस मनायो

Published: in समाज by .

भद्रपुर । भद्रपुर १० मा रहेको चन्द्रगढी सेवा समाजले स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवको अवरमा समाजद्वारा सामाजिक अगुवा व्यक्तित्वका रूपमा २ जना जेष्ठ नागरिक सम्मान, स्वास्थ्य सचेतना प्रशिक्षण तथा मेची अञ्चल अस्पताललाई सेवाग्राही बस्न मिल्ने एक थान मेच प्रदान गर्दै दोस्रो वार्षिक उत्सव सम्पन्न गरिएको हो । कार्यक्रममा भद्रपुर ९ निवासी ८५ वर्षीया सामाजिक व्यक्तित्व मनकुमारी पोखरेल तथा भद्रपुर १० निवासी ७९ वर्षीय विश्वनाथ अधिकारीलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा मेची अस्पतालका चिकित्सक मनोज शाहले स्वास्थ्य प्रशिक्षण समेत प्रदान गरेको कार्यक्रममा ४० जना बढी स्थानीयले लाभ लिएका थिए ।

समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा गोलोक गोवर्धन धाम शिवसतासीका प्रमुख व्यासाचार्य नन्दकिशोर भारद्वाज सुवेदी प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी कार्यलय चन्द्रगढीका प्रमुख जनक तिम्सिना, भद्रपुर जेसीजका अध्यक्ष खिलानाथ पाण्डे निकास , भद्रपुर ९ का कार्यवाहक वाडाध्यक्ष राम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *