Sajhamanch Archive

सूर्योदय आधारभूतका विद्यार्थीलाई शैक्षिक सामाग्रीसहित भाग्य बोक्ने झोला वितरण

Published: in शिक्षा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ स्थित सूर्योदय आधारभुत बिद्यालयका १ सय ४ जनालाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयका विपन्न तथा गरीव परिवारका छोराछोरी शैक्षिक सामाग्रीको अभावलाई मध्यनजर गर्दैै शुक्रबार पहिलो पाईला नेपाल दमक शाखाको आयोजनामा झोला तथा शैक्षिक सामग्री सहितको भाग्य बोक्ने झोला हस्तान्तरण गरिएको हो ।

अमेरिकामा बसोबास गर्दै आएका कासीनाथ अधिकारी र चन्द्रा अधिकारी दम्पतीले आफ्ना छोरा लप्शन अधिकारीको जन्मदिनको अवसरमा २५ हजार र विभिन्न दाताहरुको सहयोगमा दमक शाखाले ५० हजार बढी मुल्य बराबरको भाग्य बोक्ने झोला बिद्यार्थीहरुलाई प्रदान गरेको छ ।

यस अघि पनि संस्थाले विभिन्न स्थानका बिद्यालयहरुमा झोला तथा न्यानो कपडा बितरण गर्दै आएको र यसलाई निरन्तरता दिईने कार्यक्रमका संयोजक तथा पहिलो पाईला दमक शाखाका कोषाध्यक्ष दिवश खतविडाले बताए ।

सूर्योदय आधारभुत बिद्यालयका प्रधानाध्यापक जगतबिर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षक संघका अध्यक्ष बेनु कार्की, पहिलो पाईला दमक शाखाका सल्लाहकार छबी घिमिरे, कार्यवाहक अध्यक्ष निशा घिमिरे, सचिव मेघनाथ फुयाल, सह–सचिव राजु निरौला लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *