शिवसताक्षीको झिलझिलेमा स्कोरपियो पल्टिदा एकको मृत्यु
Published: (Updated: )
by .दूधे । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा आज विहान स्कोरपियो पल्टिदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई बिहान ३ बजे सडकमै पल्टिएको थियो ।
दुर्घटनामा परी जिपमा सवार घाइते भएका पाँचै जनालाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा कार्कीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको प्रहरीले जनाएको छ ।
Comments