Sajhamanch Archive

मुलुकी ऐनका राम्रा कुरालाई स्वागत, कमजोरीलाई दवाव

Published: in राष्ट्रिय समाचार by .

दमक । गत भदौं १ गतेबाट लागु भएको मुलुकी संहिताका राम्रा पक्षलाई स्वागत र कमीकमजोरीलाई सुधार गर्न दवाव दिने इटहरीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज प्रदेश नम्वर १ ले आज आयोजित मुलुकी सहिता ०७४ को बिषयमा छलफलमा सहभागीहरुले उपयुक्त कुरालाई स्वागत गर्दै संशोधन गर्ने उनीहरुले बताएका हुन्

। समाजका अध्यक्ष गोपाल लकान्द्रीले मुलुकी संहितामा भएका राम्रा ब्यवस्थालाई ब्यवहारमा प्रयोग गर्दै दलितका बिषयमा भएका संशोधन गर्नु पर्ने ब्यवस्थालाई सशोधनका लागि दवाव दिने बताउनु भयो । मुलुकी संहिताको बुद्धा संशोधन गराउन दवाव दिन सबै वर्ग क्षेत्र सरोकार वाला एक हुन पर्ने नेपाल उत्पीडित जातीय मुक्ति समाज झापा सचिव हर्क माया विश्वकर्माले बताइन् ।

तीन सरकारमा नेतृत्व गर्न पठाएका ब्यक्तिहरु नयाँ भए पनि सोच पुरानै भएको हुदा सकारात्मक मुद्धा कार्यन्वयनमा समस्या भएको सचिव विश्वकर्माले बताए । मुलुकी संहिताको विहेको महलमा घुमारो पाराले दलितलाई थिचोमिचो गरेको आरोप अधिकारकर्मी लोकन्द्र गदालले लगाए । त्यसलाई परिष्कृट गराउन सबै सरोकारवाला एक मत हुनु पर्नेमा गदालले दिए ।

इटहरीकी महिला नेत्री शिला गजमेरले यस मुद्धालाई सडक देखि सदन सम्म उठाउनु पर्ने बताउनु भयो । दमक नगर पालिका दमक ९ की वडा सदस्य मिना विश्वकर्माले मुलुककी सहिता ब्यवहारमा लागु नभएको र कागजमा सिमित रहने गुनासो गरे ।

सो छलफलले अधिकारकर्मी अमर बराइली र लोकेन्द्र गदाल सहितको टिमले संशोधन गर्नु पर्ने बुद्धाहरु अधिवक्ताहरुसंग परामर्श गरी ल्याउन पनि जिम्मा भएको छ । गोपाल ल्वागुन, शान्ति गजमेर लगायतले आफनो धारण राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *