जेसीज सदस्यरुलाई लिडरसीप तालिम
Published: (Updated: )
by .कमल । नेपाल जेसिजको आयोजनामा सन्चालन भएको तालिम सप्ताह कार्यक्रम अन्तरगत आज कमलनगर जेसीजका सदस्यहरुलाई लिडरसीप एण्ड लाईफ सरकल तालिम प्रदान गरेको छ ।
संस्थामा आवद्ध सदस्यको नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यले नेपाल जेसीज सप्ताह व्यापी तालिम सञ्चालनका क्रममा कमलनगर जेसीज सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिम उद्घान कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष वेनुप्रसाद सिवाकाटीले विकास र सम्वृद्धि भनेको ठुला ठुला भवन र सडकले मात्र नभई मान्छेमा सभ्यता , अनुसाशन र सीप भएमा पनि हामी हाम्रो ठाउँलाई सम्वृद्धि बनाउन सकिने बताए ।
अहिलेका युवाहरुले विभिन्न संघ सस्था लगायतका क्षेत्रको नेतृत्व लिएर पनि काम गर्न युवालाई नेतृत्व र लिडरसीपका बारेमा जानकारी गराउने उदेश्यले यो तालिमको आयोजना गरेको कमल नगर जेसीजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले जानकारी दिए ।
तालिम उद्घाटन कार्यक्रममा मात्री शाखा दमक जेसीजका वर्ष २०१८ का अध्यक्ष चन्द्र खत्री, वर्ष २०१७ का अध्यक्ष गोविन्दराज कट्टेल, गौरादह जेसीजका वर्ष २०१८ का अध्यक्ष राजु घिमिरे, कमल नगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने, कमल गाउँपालिका वडा ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई वडा नम्बर ७ का अध्यक्ष पृथ्वीपति राईलगायतको उपस्थिति रहेको थियो ।
तालिम संयोजक युवराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव हेम दाहाले सन्चालन गरेका थिए भने तालिमको सहजीकारण रमेश अर्यालले गरेका थिए ।
Comments