युनियनको अध्यक्षमा पूर्वेलीको उम्मेद्वारी घोषणा
Published: (Updated: )
by .विर्तामोड । नेपाल प्रेस युनियन झापाको अब हुने जिल्ला अधिवेशनमा इन्दु पूर्र्वेलीले अध्यक्षको उम्मेद्वारी घोषणा गरेकी छिन् ।
जिल्लाको नयाँ नेतृत्व चयनका लागि आगामी असोज ३ गते जिल्ला अधिवेशन हुने भएपछि नयाँ नेतृत्वको अध्यक्षमा पूर्वेलीले आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन् ।
अध्यक्षकी दावेदार पूर्वेली हाल कार्यसमितिको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। आफू वहालवाला उपाध्यक्ष भएको हैसियतले पनि अध्यक्षको स्वतः दावेदार रहेको उनको भनाई छ।
झापाको पत्रकारितामा अब्बल रहेकी पूर्वेलीले अध्यक्षको दावेदारी प्रस्तुत गर्दै आफू सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै पत्रकारहरुको हकहित र अधिकारका लागि डटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाएकी छिन् ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आस्थावान व्यवसायिक पत्रकारहरुकोृ संगठन नेपाल प्रेस युनियनले महिला पत्रकारलाई युनियनका नेतृत्व सुम्पेर लैंङ्गिक समानता प्रति उच्च सम्मान जनाउँदै आफूलाई जिम्मेवारी सुम्पनेमा युनियनका अग्रज, समकालिन र क्रियाशिल पत्रकारहरुबाट पूर्ण साथ र समर्थन हुने कुरामा आफू विश्वस्त रहेको पूर्वेलीले बताइन् ।
उनी विगत १४ वर्षदेखि झापाको विर्तामोडमा रहेर पत्रकारिता गर्दै हाल विर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिक पत्रिकाकी सम्पादक तथा कञ्चनजंघा एफएमकी समाचारदाता समेत रहेकी छिन् ।
Comments