बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु, घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने
Published: (Updated: )
by .काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक काठमाडौंमा शुरु भएको छ ।
बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नु भएको छ । बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला-विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।
त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।
Comments