डिभिजन वन झापाद्वारा जंगली हात्तीबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
Published: (Updated: )
by .भद्रपुर । डिभिजन वन कार्यालय झापाले उत्कृष्ट सम्मान तथा वन्य जन्तुबाट क्षति पुगेकालाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश नं १ का वन मन्त्रालयका सचिव बद्रीराज ढुंगानाको प्रमुख आतिथ्यमा यस वर्ष जंगली हात्तीका कारण ज्यान गुमाएका ३ जनाका परिवारलाई प्रति परिवार १० लाख रूपैयाँ क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो भने उत्कृष्ट सामुदायिक वन, कर्मचारीलार्य नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
वन्यजन्तु क्षति वापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी, चन्द्रगढीका दुर्गाबहादुर कटुवालका परिवारलाई प्रति परिवार १० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट वन समूह सम्मान प्रथम कमलधाप रामपोखरी वन, दितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइ वनलाई डढेलो रोकथाम तथा हरियाली निर्माण गरेवापत नगद सहित सम्मान गरिएको हो । यस्तै उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदिप राजवंशी र लोकबहादुर बुढाथोकीलाई सम्मान गरियो ।
डिभिजन वन प्रमुख बोधराज सुवेदीको अध्यक्षता तथा सहायक वन अधिकृत देवेन्द्र उप्रेतीको सञ्चालनमा सम्पन्न कार्यक्रममा चन्द्रगढी वन सामुदायिक वन समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य संगीता थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments