Sajhamanch Archive

कडा रोगका बिरामीलाई साढे दुई अर्ब अनुदान

Published: in मिडियाबाट साभार by .

काठमाडौं । सरकारले आठ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक वर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ।

गत वर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत दुई अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ।

०७३/७४ मा कडा रोगको उपचारमा १७ हजार ४७१ जनताले एक अर्ब ३३ करोड ७ लाख ५२ हजार ५५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेको छ।

क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किनसन र अल्जाइमरलाई कडा रोग मानेर सरकारले उपचारमा विपन्न नागरिकलाई अस्पतालको बिल भर्पाइअनुसार अनुदान दिने गरेको छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *