Sajhamanch Archive

मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न मन्त्रालयले अपिल गरेको छ । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो साता काठमाडौं उपत्यकाको वातावरणमा कार्बन, सल्फरडाइअक्साइड र नाइट्रोजनको मात्रा बढ्दा प्रदूषण बढेकाले सतर्क हुन वातावरणविद्हरुले बताउँदै आएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *