Sajhamanch Archive

कोरोनाविरुद्धको खोप चीनबाट आइपुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *