Sajhamanch Archive

खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गर्दै छन् ।

नेता नेपालले अहिले मध्याह्न १२ बजे कलंकीस्थित मेगा बैंक्वेटमा आफूपक्षीय स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि बोलाएका छन् । नेता योगेश भट्टराईले स्थायी कमिटी सदस्यहरूबीच पछिल्लो अवस्था र पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न लागिएको पुष्टि गरे ।

स्रोतका अनुसार नेपाल समूहले देशव्यापी समानान्तर संरचना बनाउने रणनीति तय गरेको छ । केन्द्रदेखि आधारभूत तहसम्मै त्यस्ता संरचना बनाएर पार्टी विभाजनको आधार तयार गर्ने उसको योजना छ ।

वरिष्ठ नेता झलनाथ खनाल–नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् । खनाल, नेपालका अतिरिक्त त्यस समूहमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसाल स्थायी कमिटीमा छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *