Sajhamanch Archive

स्थानीयले सयौं गाई–गोरु लिएर नगरपालिका र सिडियो कार्यालय घेर्न पुगेपछि…..

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाका स्थानीयले गाई–गोरुसहित धर्ना दिएका छन् । गाउँघरलगायत बजार क्षेत्रमा दिनहुँ बेवारिसे गाई–गोरुको संख्या बढेसँगै दुर्घटनाको जोखिम बढेको बताउँदै उनीहरूले यस्तो धर्ना दिएका हुन् ।

उनीहरूले छाडा चौपायको दीगो व्यवस्थापनको माग राख्दै गुलरिया नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयअगाडिको सडकमै गाई–गोरु भेला पारेर धर्ना बसेका हुन् ।

गुलरिया नपा–७ का अभिनन्दन यादवका अनुसार गाउँघर र बजारमा छाडा छाडिएका चौपाय सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । उनले छाडा गाई–बस्तुकै कारण सडकमा दुर्घटनाको जोखिम बढेको बताउँदै आफूहरू बाध्य भएर धार्नमा बसेको बताए ।

३ सयभन्दा बढी बेवारिसे छाडा गाई–बस्तु ४ घन्टासम्म सडकमा राखेर धर्ना बस्दा सो क्षेत्रको यातायात ठप्प भएको थियो ।

स्थानीयले छाडा छाडिएका गाई–बस्तु घरसम्म आइपुग्ने, मानिसलाई हान्ने तथा खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट गर्ने गरेकाले आफूहरू हैरान भएको भन्दै गुनासो गरेका छन् ।

यहाँका ८ वटै स्थानीय तहमा बेवारिसे छाडा पशुको समस्या विकराल बन्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *