Sajhamanch Archive

अर्जुनधाराका दुई जनाको कोरोनाबाट मृत्यु

Published: in विविधा, समाज, स्वास्थ्य by .

विर्तामोड। कोरोना भाइरसबाट अर्जुनधारामा दुई जना मृत्यु भएको छ । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय बृद्ध रहेका छन् ।

उनको उपचारका क्रममा धरानमा मध्यरातमा मृत्यु भएको हो । त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै, अधिकारीलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यसपटक ३ पुगेको छ । आइतबारसम्म अर्जुनधारामा कारोना संक्रमितको संख्या ११० रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *