Sajhamanch Archive

बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा मनेश दाहालको १५ हजार सहयोग

Published: in विविधा, समाज by .

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–३ का युवा व्यवसायी मनेश दाहालले रु १५ हजार सहयोग गरेका छन् ।

दाहालले आफ्नो जन्मदिनको अवसर पारेर बुधबारे जेसीजको भवन निर्माणका लागि सो रकम सहयोग गरेका भवन निर्माण समिति संयोजक नन्दकुमार याफू राईले बताएका छन् ।

५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् । भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *