Sajhamanch Archive

भारतमा बनेको कोरोनाविरुद्धको खाने औषधि सार्वजनिक, यसले कसरी गर्छ काम ?

Published: in विविधा, स्वास्थ्य by .

नयाँदिल्ली। कोरोना भाइरसविरुद्ध भारतले बनाएको खाने औषधि सोमबार सार्वजनिक गरिएको छ ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २–डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनले सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

हैदराबादस्थित डा। रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष वर्द्धन भन्छन्, ‘यस औषधिको सेवनले कोरोना संक्रमित चाँडै निको हुन्छन् र यसले अक्सिजनमा भर पर्नुपर्ने अवस्थालाई कम गर्छ ।’ एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *