Sajhamanch Archive

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छः मन्त्री अर्याल

Published: in विविधा, समाज by .

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छिन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताइन् । उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा जोड दिदै कृषि यान्त्रिकीरकणका लागि सरकारले नीति बनाई सकेको र त्योअनुसार काम अगाडी बढीसकेको भन्दै सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको बताइन् ।

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताइन् । उनले भनिन् ‘कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा पनी समेटेर हामी अगाडी बढ्ने सोच बनाएका छौ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको भन्दै उनले त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको बताइन् । ‘कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन सकिदैनन । यो कुरालाई हामी सबैले मनन् गर्न आवश्यक छ’, उनले भनिन् । ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको र उच्च स्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको छ ।

यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरिरहेको बताउँदै उहाँले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताइन् । कृषिमा यान्त्रिकीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै मन्त्री अर्यालले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता जनाएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *