Sajhamanch Archive

झापामा जेष्ठ १४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

Published: in विविधा, समाज by .

झापा । झापामा थप एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले आगामी जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर–घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ । त्यस्तै बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ । निर्माण व्यवसायीले पसल नखोली त्यो सामान गोदाममा राख्न पाउने भनिएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *