संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा जीवनरक्षक सहायता जुटाउन आह्वान
Published:
by .काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा संकटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।
कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा संकटासन्न सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एउटा आपत्कालीन प्रतिकार्य योजना परिचालनका निम्ति आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरिएको हो ।
नेपालस्थित राष्ट्रसंघयि आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले आज एक वक्तव्य जारी गर्दै ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमाथि विनाशकारी प्रभाव पारिरहेको छ र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् । आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्तामा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्नसक्दैनौँ’ भनेकी छन् ।
Comments