Sajhamanch Archive

कार्यकर्ताको माधव नेपाललाई पत्रः माधव कमरेड तपाईसँग सती जान सकिदैन !

Published: in मिडियाबाट साभार, विविधा by .

आदरणीय माधव कमरेड,
अभिवादन ।

माधव नेपाल, तपाईलाई सिपी मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपी मैनालीहरुलाई लखेट्नु भएको तपाइले अहिले आफै त्यहि बाटो पछ्याउदै हुनुहुन्छ । तपाइलाई स्मरण नै छ होला, पार्टी बिभाजन गर्दा सिपी मैनालिले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए तर त्यसको परिणाम आज मैनालिहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ ।

नेपाली समाजमा खोज्नुपर्ने अवस्था छ । माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, बिप्लबहरुको अवस्था हेर्नुस् । आज कस्तो छ । काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ । तपाईसँग त कति नै छ र ?

केही आशा गरिएका नेताहरु तपाईसँग थिए, तपाई लगायत । सहि निर्णय लिनुहुन्थ्यो भने आशा थियो । सन्किको भरमा, आग्रह पुर्वाग्रह राखी निर्णय गर्नुभयो, पक्कै इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्नु पर्ने थियो, भयो त्यहिँ । देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो, देखाइदिने होइन, आफै देख्नु हुनेछ ।

यसर्थ तपाई लगायत कमरेडहरु, तपाईंहरु पार्टी बिभाजन गर्ने बाटोमा जानुभयो । भुगोलमा भेटिने त तेस्तै हो गुगलमा सम्म भेटिनु हुन्छ होला । छुट्टीएर जानेहरु सिपी मैनाली जस्तै हुनेछन् । हिजो सिपी मैनालीले पनि ठूलो समूह लिएर गएका थिए तर निर्वाचनले वास्तविकता देखाईदियो । हुन त तपाई निर्वाचन भनेपछि तिरिक्क मुतिहाल्ने मान्छे न हो । तपाईसँग त त्यति पनि छैन जति त्यो बेला सिपी मैनालीसँग थिए ।

              प्रेम खड्का

तपाईले सोच्नु भयो होला । म जस्ता हजारौं कार्यकताहरु तपाई जहाँ, तहाँ तहाँ पछि लागेर आउनेछन् भनेर । यदि त्यसो हो भने त्यो तपाईको भ्रम हो । हामीलाई एमाले भन्न सिकायौं, सुर्यमा भोट माग्न र हाल्न सिकायौं । जबजको आदर्श र मूलबाटो सिकायौं ।

एमालेले सुखि नेपाली र समृद्ध नेपालको अभियानमा सरिक गरायो । यी कुराहरुसँग यति लभ परिसकेछ की हिजो तपाइको साथमा उभिँदै गर्दा आई लभ यु केपी बा भन्न नसकेको म जस्तै कार्यकर्ताले आज तपाईकै कारण आ लभ यु केपी बा, भन्न बाध्य भएका छौं ।

तपाई शेर बहादुर देउवाको पुच्छर हुन तयार हुनुभयो । तर तपाईले सिकाएको आदर्शहरुले हामीलाई शेर बहादुरहरुको झोला बोक्ने हिम्मत पनि आउँदैन । तपाई प्रचण्डको सबै कुराको साक्षि बन्न तयार हुनुभयो । तर हामी प्रचण्डपथतिर सिधा हेर्न पनि सक्दैनौं । किनकी मानसपटमा अझै याद ताजा छ । प्रचण्डका लठेउराहरुले टाउँको फुटाएको, हात खुट्टा बाँचेको, कतिको ज्यान लिएको त कतिको सिन्दुर पुच्छिएको । त्यतिमात्र हैन चुनावमा बन्दी बनाएको त कहिले भुल्नै सकिँदैन ।

त्यसैले अलिकति पनि आशा नराख्नुस् म जस्ता कार्यकता अब पनि तपाईकै पछि लाग्नेछन् भनेर । त्यो आश राख्नुभयो भने त्यो तपाईको भ्रम हुनेछ । तपाई र झलनाथ खानलको त यतिकै पनि रिटायर्ड लाईफ हो राजनीतिबाट अन्त्य हुँदा पनि फरक पर्दैन ।

तर तपाईहरुसँगै हिडेँका ती भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, विरोध खतिवडा र रामकुमारी झाँक्रिहरुको राजनीतिक भविष्य पनि अन्यौंल बनाईदिनु भएको छ । पाप लाग्नेछ तपाईलाई । आँशु झर्नेछ सम्झेर तपाईसँगै पछि लागेका ती प्रिय नेताहरुलाई ।

अझैं केही बिग्रेको छैन । आत्म समिक्षा गरे सबै गल्ति स्विकार गरेर केपी ओलीसँग माफ माग्नुहोस्, एमालेसँग माफ माग्नुहोस् । केपी ओली घर मूली हुनुहुन्छ । विशाल हृदय छ उनीसँग, पक्कै माफ गर्नुहुनेछ । अन्यथा तपाईहरुको राजनीतिक करिअरको अन्त्य पक्कै हुनेछ ।

कस्ले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । महाधिवेशनबाट हारेर पनि हाताहाती अध्यक्ष बन्न खोज्नु तपाईको भूल थियो । हामी त मात्र नेकपा एमाले र सुर्य चिन्हको मतलब राख्छौं । हिजो तपाइले १५ बर्ष नेतृत्व गरेकै हो ।

त्यति बेलाको अवस्था र आज केपि ओलिले गर्नु भएको नेतृत्व दाँज्दा पनि हामीलाई तपाईप्रति लाज लाग्छ । केपी शर्मा ओलीले लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए आज न त पार्टी अध्यक्ष बन्न सक्नु हुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । उहाँको संघर्ष र बहुमतलाई तपाईले बिर्सनु भयो ।

पद अस्थायी बिषय हो पार्टी प्रमुख कुरा हो । यसर्थ एकताको अभियानमा लाग्नु पर्ने तपाई पार्टी छोड्न तयार भएर जानुभयो । एमालेले तपाईलाई कार्वाही गरेर निलम्बन गरेको विषय गौन हो । त्यो बाध्यकारी अवस्थामा पुराउने तपाई स्वंय जिम्मेवार हुनुहुन्छ र त्यो मूख्य कुरा हो । अब एमालेको श्राप तपाईलाई लाग्नेछ । म जस्तै हजारौं कार्यकताको पाप तपाईलाई लाग्नेछ । बाँकी तपाइकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिदैन ।

आम कार्यकर्ता पार्टी एकताको पक्षमा हुँदा हुँदै तपाईले गल्ति गर्नुभयो । पार्टी एकताको पक्षमा लाग्नु पर्ने तपाई लाखौं कार्यकर्ताको विश्वासलाई तिलाञ्जली दिएर एमालेलाई आगो लगाउने प्रयास गरेर अन्तै लाग्नुभयो । खैर थ्यसले एमालेलाई थोरै असर होला तर आत्मबल बढ्नेछ । विकार चिजहरु फालेको महसुश गर्दै एमोले निरन्तर अघि बढ्नेद्ध । म जस्तै लाखौं कार्यकता एकवद्ध भएर एमालेको झण्डामुनि बस्नेछौं ।

तपाइहरुलाई पद, शक्ति चाहिएको छ, तर कार्यकर्तालाई पार्टी ठूलो र प्रतिपक्षसंग लड्न सक्ने मजबुत शक्ति चाहिएको थियो । तपाईले त्यसलाई बुझ्न सक्नुभएन, तपाईको राजनीतिक जीवनको अन्त्यमा हामी अबका दिनमा केवल दर्शक बन्न सक्नेछौं । सारथी र सहयोगी बन्ने छैन । तपाईको पक्षमा उभिभ्न नसकेकोमा एकरत्ति पनि दुख छैन बरु खुशी मिलेको छ ।

केपी ओली आई लभ यु । नेकपा एमाले जिन्दावाद । सुर्य चिन्ह जिन्दावाद । जनताको बहुदलीय जनवाद–जिन्दावाद ।

उही तपाईको हिजोको प्रिय कार्यकर्ता – अनेरास्वविवयु, केन्द्रीय कमिटी सचिवालय सदस्य

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *