Sajhamanch Archive

अध्यादेश मार्फतको बजेटमा पाँच खर्ब बढी ऋण प्रस्ताव

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौँ । संसद् नै नरहेपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा अध्यादेशबाट बजेट ल्याउन नहुने धारणा आइरहेका बेला पाँच खर्ब रुपैयाँभन्दा बढी ऋण लिने गरी बजेटको गृहकार्य जारी छ । आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गरी बजेट ल्याउने अन्तिम गृहकार्यमा अर्थ मन्त्रालय जुटिरहेको छ ।

‘जसमा राष्ट्रिय योजना आयोगले दिएको सीमा (सिलिङ) १६ खर्ब ९७ अर्ब रुपैयाँकै हाराहारीमा बजेट बनाउने काम भइरहेको छ,’ अर्थ स्रोत भन्छ, ‘यो अंकको बजेटका लागि पाँच खर्ब रुपैयाँभन्दा बढी ऋण आवश्यक पर्छ ।’ यसका लागि करिब तीन खर्ब रुपैयाँ वैदेशिक ऋण र सवा दुई खर्ब आन्तरिक ऋण लिने योजना छ ।

यो ऋण दूरगामी तथा रणनीतिक महत्त्वका विकास आयोजनाका लागि होइन । विगतका वर्षमा जस्तै स–साना कार्यक्रम, खोप खरिद र राजस्वले अपुग सार्वजनिक क्षेत्रमा ऋण परिचालन गर्ने सरकारको तयारी छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *