Sajhamanch Archive

मेची प्रादेशिक अस्पतालमा ५० सैयाको काभिड अस्पतालको शिलान्यास

Published: in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by .

भद्रपुर । मेची प्रादेशिक अस्पतालको परिसरमा ५० सैयाको कोभिड अस्पतालको शिलान्यास भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले आज बिहीबार विहान साडे नौ बजे कोभिड अस्पतालको शिलान्यास गर्नु भएको हो । हाल सञ्चालित अस्पतालको उत्तर पश्चिममा निर्माण हुन लागेको यो अस्पतालमा दुई वार्ड एक स्टाफ रुम र ४ ट्वाइलेट २ वाथरुम निर्माण गरिने निर्माण समितिका अध्यक्ष हरि तिम्सिनाले बताए । उनका अनुसार दुई वार्डको बीचमा १२ फिटको प्यासेज हुने छ ।

मेची प्रादेशिक अस्पताल निर्माणका लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत झापा क्षेत्र नम्बर १ बाट २० लाख, क्षेत्र नम्बर २ बाट १० लाख र क्षेत्र नम्बर ४ बाट १५ लाख रुपैयाँ छुट्टयाइएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । जेष्ठ १३ गते शिलान्यास गरिएको ट्रस हालेर निर्माण गरिने यो भवन एक महिनामा सम्पन्न हुने निर्माण व्यवसायी कुमार उप्रेतीले बताए ।

भद्रपुर नगरपालिकाको रेखदेखमा निर्माण हुने यो अस्पतालको निर्माण समितिमा अध्यक्ष हरि तिम्सिना, सदस्यहरु ब्रम्हलाल ढुङ्गाना, शुभलक्ष्मी राई, मेनुका ओली, प्रमिला कोइराला, गोपाल खनाल, बाबुराम पराजुली, बाबुराम अधिकारी र हेमकुमार घिमिरे रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *