Sajhamanch Archive

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । आज (शनिबार) घोषणा हुन लागेको आर्थिक वर्ष २०७८–७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपति समक्ष पठाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गर्दैछ ।

संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *