Sajhamanch Archive

अब हरेक स्थानीय तहमा दमकल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् ।

एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यतस् ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घन्टा खट्नुपर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् । मन्त्रालयका अनुसार ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिकामा दमकल छैन ।

अर्थमन्त्री पौडेलले विपद् उद्धार तथा व्यवस्थापनका लागि हरेक प्रदेशमा बहुउपयोगी रोबोटिक फायर फाइटिङ, अत्याधुनिक फायर ब्रिगेड, मल्टिसिटर एम्बुलेन्स र उद्धारका लागि गाडी तयारी अवस्थामा राखिने पनि बताएका छन् ।

डढेलो नियन्त्रणका लागि नेपाली सेनाको व्यवस्थापनमा परिचालित हुने गरी पानी खन्याउने बकेटसहितको हेलिकोप्टर तयारी अवस्थामा राखिने पनि उनले उल्लेख गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *