Sajhamanch Archive

नेपाली सेनामा जागिर खुल्यो, २ सय जनालाई सरकारी जागिरको अवसर

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । नेपाली सेनामा १८ वर्षदेखि २४ वर्षका दुई सय जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि एकैपटक दुई सय अधिकृत (क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ १ सय १० जनाको कोटा निर्धारण गरिएको छ भने समावेशी अन्तर्गत महिला १८, आदिवासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्रका लागि ४ जनाको कोटा निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

न्युनतम प्रवीणता प्रमाणपत्र वा सो सरह अध्ययन गरेका उम्मेदवरको हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनु पर्नेछ । स्नातक उत्तीर्ण उम्मेदवारको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ ।

दरखास्त आह्वान गर्दै सेनाले असोज १९ गतेसम्म दरखास्त पेस गर्न सकिने जनाएको छ । दोब्बर दस्तुरमा असोज २६ गतेसम्म दरखास्त दिन सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *