चुलाचुलीका पशुमा फैलियो खोरत
Published: (Updated: )
by .कमल । पशुमा लाग्ने खोरेत रोगका कारण ईलाम चुलाचुली गाउँपालिकाका कृषकले यति वेला ठुलो आर्थिक भार सहनु परेको छ ।
दुईवटा खुर भएका पशुमा लाग्ने सरुवा रोगका कारण कृषकले पालेका पशुको मुख र खुरमा घाउ आउने जसका कारण पशु कमजोर हुँदै जाने दुध उत्पादनमा कमि आउने थालेको छ । गर्भिणी पशु तुहिने भर्खर जन्मेका पाडा वाछाको मृत्यु हुने जस्ता समस्याले कृषकहरु चिन्तित बनेका छन् ।
खोरेत रोग लागी सकेपछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम उपाय भएको तत्कालिन जिल्ला पशुसेवा कार्यालय ईलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताए ।
कतिपय अवस्थामा कृषकले भ्याक्सिन हान्न जाँदा प्राधिकलाई सहयोग नगरेर चरणका लागी पशु जंगल पठाउनाले गर्दा पनि यस्तो समस्या आउने गरेको ढुङ्गाना बताउछन् ।
रोग लाग्न नदिनका लागी चुलालाचुली गाउँपालिका पशुसेवा शाखाले आफ्नो क्षेत्रभित्र रहेका सबै पशुलाई भ्याक्सिन लगाउने कार्य गरिरहेको भएपनि अहिले रोगले सताएको छ ।
भ्याक्सिन लाएपनि रोग लाग्नुको मुख्य कारण खुल्ला चरिचरण भएको चुलालाचुली गाउँपालिका पशुसेवा शाखाका प्रमुख गणेश रेग्मी बताउँछन् । । उनका अनुसार हामीले मात्र भ्याक्सिन लगायर हुँदैन छिमेकी गाउँपालिकाले समेत लाउनु पर्ने हुन्छ, भने अर्को तर्फ बजारबाट खरिद गरेर ल्याएका पशुका कारणले यो क्षेत्रमा रोग फैलिएको हुन सक्ने रेग्मीको भनाई छ ।
आफ्ना सदस्यका पशुलाई कुनै रोग नलागोस भनेर स्थानीय अन्नपूर्ण कृषि सहकारीले सचेत गराएको थियो । सहकारीले सदस्य बिच पशुस्वस्थ्य सम्वन्धि विभिन्न कार्यक्रम सन्चालन गरेपनि यो पटक सदस्यका पशुलाई खोरेत सताएपछि सहकारीलाई समेत ठुलो रुपमा आर्थिक क्षति भएको अन्नपुर्ण कृषि सहकारीका अध्यक्ष विष्णुभक्त पोख्रेलले जानकारी दिए ।
चुलाचुली गाउँपालिका पशुसेवा शाखाले वर्षेनी खोरेत रोग विरुद्धको भ्याक्सिन लगाएपनि रोग फैलिरहेको छ । पशुलाई खुल्ला चरिचरण, कृषकले रोगविरुद्धको भ्याक्सिन नलाएका कारण रोग फैलिरहेको पशु विद् बताउँछन् ।
कृषकलाई आगामी दिनमा कानुन बनाएर गाउँपालिकाबाट प्रदान गरिने पशुसेवा प्रदान गरिने तयारीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए ।
गाउँपालिकाले आगामी दिनमा पशुपालनको क्षेत्रमा कानुन बनाएर नै अगाडी बढ्नु पर्ने देखिन्छ । कतिपय कृषकले जानकारी नभएर नै भ्याक्सिन लगाउदैन् जसका कारण पुरै गाउँपालिकाका कृषकलाई लाखौको क्षति हुन्छ भने अर्को तर्फ गाउँपालिकाको पनि ठुलै क्षति हुने भएकोले आगामी दिनमा यस तर्फ सबै सरोकार वालाको ध्यान जान आवश्यक छ ।
Comments