Sajhamanch Archive

कोरोनाविरुद्धको खोप लगाएपछि मुलुकको अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाएपछि मुलुकको अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । सोही कारणले खोपका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा खोपका लागि मात्रै २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उनले नागरिक जीवनको रक्षा, राहत र पुनःस्थापनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य नै बजेटले लिएको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)र उद्योग संगठन मोरङले आयोजना गरेको बजेट कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा सचिव ढुंगानाले खोपको उपलब्धतासँगै अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने र ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए । उनले बजेट कार्यान्वयनको पार्टनरको निजी क्षेत्र हुन्छ भन्ने विश्वास रहेको पनि बताए । बजेटमार्फत गरिएका व्यवस्थालाई आगामी मौद्रिक नीतिले थप गतिशिलता कायम गर्ने उनले स्पष्ट पारे ।

उनले जलविद्युत्को क्षेत्रमा धेरै नीतिगत सुधार गरिएको बताए । हिलिङ चार्ज, विद्युत्को प्रसारणलाइनमा पर्ने जग्गाधनीहरुलाई आयोजना प्रभावितसरह सेयर लगानी गर्न दिने व्यवस्था पहिलोपटक गरिएको बताए । बजेटप्रति निजी क्षेत्रले गरेको स्वागतले बजेट कार्यान्वयनमा पनि सहयोग पुर्‍याउने उनको विश्वास थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *