तिज गीत प्रतियोगितामा प्रगति समूह प्रथम
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारामा संञ्चालित प्राङ्गारिक कृषिमा आधारित तिज गीत प्रतियोगिता कार्यक्रममा प्रगति महिला कृषक समूह प्रथम भएको छ । प्रगति महिला कृषक समूह अर्जुनधारा–१० मा क्रियाशिल सामाजिक संस्था समेत हो ।
त्यस्तै द्धितीय नमूना महिला कृषक समूह भएको छ । तृतीय स्थान निर्वाचित जनप्रतिनिधि भएका थिए भने सान्त्वना सरस्वती महिला समूहले प्राप्त गरेको छ ।
अर्जुनधारा नगरलाई प्राङ्गारिक कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने उद्धेश्यले अर्जुनधारा नगरपालिका र कृषि विकास शाखाको आयोजनामा गरेको उक्त कार्यक्रममा उनीहरुलाई नगद र प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा भाग लिई प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई नगद पुरस्कार क्रमश सात हजार रुपैंया, पाँच हजार रुपैंया, तीन हजार रुपैंया सहित दुईहजार रुपैंया समेत प्रदान गरिएको थियो ।
प्रतियोगितामा गाईने गितको रचना मौलिक र प्राङ्गारिक कृषिमा आधारित रहेको कृषि शाखा अधिकृत शालीकराम भट्टराईले बताए । उनका अनुसार प्रतियोगीतमा ११ वटा वडाका पाथीभरा, मितेरी, सरस्वती, किरण शनिश्चरे साना किसान, नमूना, प्रगति, निर्वाचित महिला जनप्रतिनिधि, उन्नत महिला कृषि, सात कटेरी समूह, महिला नगर कर्मचारी, पाण्डपुर समूहले सहभागिता जनाएका बताए ।
नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख कमला खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा वडाअध्यक्षहरु क्रमश वलदेव गोम्देन, भैरव खड्का, पुष्पराज प्रसाई, लोकनाथ गौतम, ध्यान बहादुर भारती, नवीन ढुङ्गाना, दुर्गा प्रसाद दाहाल, जीवन कुमार भण्डारी, रघुनाथ खनाल, गजाधर खतिवडा लगायत अन्य जनप्रतिनिधिको उल्लेख्य सहभागीता रहेको थियो ।
प्रतियोगिता अर्जुनधारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय शनिश्चरेको प्राङ्गणमा सम्पन्न भएको थियो ।
Comments