Sajhamanch Archive

कोरियाली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग

Published: in विविधा, समाज by .

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि कोरियाली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो । शुक्रबार सरकारलाई हस्तान्तरण गरेको उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले उक्त समाग्री नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्र्तराट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

पोखरेलले महामारीको समयमा नेपाललाई निरन्तर सहयोग उपलव्ध गराएकोमा गणतन्त्र कोरियाली सरकारप्रति आभार व्यक्त गरेका थिए ।

उक्तसामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले सहयोगले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि परीक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

हस्तान्तरणकार्यक्रममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालको महामारी नियन्त्रणका लागि कोइकामार्फत नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने बताए ।

अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडि बढाएको र उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यही जुलाई वा अगष्टसम्म हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *