Sajhamanch Archive

विश्व वातावरण दिवसको अवसरमा कमल नगर जेसीजद्वारा वृक्षारोपण

Published: (Updated: ) in विविधा, समाज by .

कमल । विश्व वातावरण दिवसको अवसरमा आज कमल नगर जेसीजको आयोजनामा वृक्षारोपण गरिएको छ ।

हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष “ सुरक्षति जीवनकालागी जैविक विविधता” भन्ने नाराका साथ कमल नगर जेसीजले कमल गाउँपािलका वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्ययालयको प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

बृक्षारोपण कार्यक्रममा विश्व व्यापीरुपमा जलवायु परिवर्तनका कारण आज विभिन्न चुनौतीको सामाना गर्नु परेको बताउँदै बातावरण जोगाउन हामी सबै लाग्नु पर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । कोरोना भाइरसको महामारीका बाबजुत पनि जेसीजले गरेको वृक्षारोणका कारण थोरै भएपनि वातावरण जोगाउनका लागी सहयोग पुग्ने उनको भनाई थियो ।

विरुवाबाट पाईने अक्सिजन आज जलवायु परिवर्तनका कारण प्राप्त गर्न कठिनाई हुन थालेको छ । जसका कारण देशले समेत भयाभह अवस्था बेहोर्नु परेको छ । सबैले आफू वरिपरी रहेको वातावरण सुधार गर्ने अतिनै आवश्यक र वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न वृक्षारोपण गरिएको कमल नगर जेसीजका वर्तमान अध्यक्ष गोपाल खनालले बताए । मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण पछिल्लो समय आफ्नै वरिपरिको वातावरण असन्तुलन भएको छ । त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न नागरिक आफै लाग्नु पर्ने कार्यक्रममा सहभागीहरुले बताए । बृक्षारोपणमा नगर जेसीजका वर्ष १८ का अध्यक्ष केदार कटुवाल, वर्ष २०२० अध्यक्ष हेम दाहाल, शहिद धर्मभक्त माध्यमिक विद्ययालयका व्यवस्थापन समिती अध्यक्ष चक्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

वृक्षारोपण गरिएका विरुवामा अशोक, मसला , कपुर, स्वमी, रुद्राक्ष लगायतका ४५ वटा विरुवा रोपेको महासचिव जेसी महेश भण्डारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *